नियम १९
पर्यटक सवारी
(१) देहाय बमोजिमको सवारीलाई ऐनको दफा ७ बमोजिम पर्यटक सवारीको रूपमा दर्ता गरिनेछः–
(क) प्रचलित कानून बमोजिम पर्यटन व्यवसाय गर्न पाउने अनुमतिपत्र प्राप्त पर्यटन व्यवसायीको नाममा दर्ता भएको,
(ख) कुनै वित्तिय संस्थाद्वारा प्रदान गरिएको ऋणबाट खरिद भएको सवारी सम्बन्धित वित्तीय संस्थाको नाममा दर्ता भएको भएतापनि त्यस्तो सवारी प्रचलित कानून बमोजिम पर्यटन व्यवसाय गर्न पाउने अनुमतिपत्र प्राप्त पर्यटन व्यवसायीले पर्यटन व्यवसायको लागि प्रयोग गरेको भए ।
(२) पर्यटक सवारीले अन्य सार्वजनिक सवारी सरह यात्री तथा मालसामान ओसार पसार गर्न पाउने छैन ।